सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ


काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिनुभएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले सुनसरीको वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिँदै परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। साथै, शान्ति–सुरक्षा कायम राख्न उच्च सतर्कताका साथ दुवै सुरक्षा निकाय परिचालन गर्न पनि निर्देशन दिइएको छ।

२०८३ श्रावण १३, बुधबार १९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार