काठमाडौं । सुनसरीका विभिन्न क्षेत्रमा तेस्रो दिन बुधबार पनि अनिश्चितकालीन कर्फ्यु तथा निषेधाज्ञा जारी रहँदा जनजीवन प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयले धरान र बराहक्षेत्रबाहेकका दक्षिणी १० स्थानीय तहमा अर्को सूचना नभएसम्म कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएको हो।
प्रशासनले तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी भेला हुन, जुलुस, सभा, प्रदर्शन तथा धर्नाजस्ता गतिविधि गर्न रोक लगाएको छ। आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ। लगातार तीन दिनदेखि जारी बन्द र तनावका कारण बजार, यातायात तथा दैनिक जनजीवन प्रभावित बनेको छ।
२०८३ श्रावण १३, बुधबार १९:०३ प्रकाशित

