काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर उनले श्रेष्ठको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गरेका हुन्।
७९ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको सम्मानमा नेपाली कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
२०८३ श्रावण १३, बुधबार ११:५० प्रकाशित

