गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति कांग्रेसले ३ दिन शोक मनाउने भएको छ। ७९ वर्षको उमेरमा निधन भएका श्रेष्ठको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ।

कांग्रेस सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रावण १३, १४ र १५ गते तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो।

कांग्रेसले शोक अवधिभर केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने, श्रावण १४ गते सबै कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले उक्त निर्णय सार्वजनिक गरेका हुन्।

२०८३ श्रावण १३, बुधबार ११:१६ प्रकाशित
ट्रेन्डिङ समाचार