संकटमा सरकार कहाँ छ ? प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनालगायतका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा सरकारले प्रभावकारी नेतृत्व देखाउन नसकेको भन्दै प्रश्न उठाएका छन्। उनले संकटका बेला सरकार सामाजिक सञ्जाल वा सुरक्षा कारबाहीमा मात्र सीमित नभई सबै पक्षसँग समन्वय गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

थापाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपति, प्रदेश तथा स्थानीय सरकारसँग संवाद गरी साझा प्रयासको वातावरण बनाउनुपर्ने धारणा राखे। साथै, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दलले संयमता अपनाई संयुक्त रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।

२०८३ श्रावण १३, बुधबार १०:१४ प्रकाशित
ट्रेन्डिङ समाचार