तनहुँ । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकामा निर्माणाधीन पराशर मार्ग स्तरोन्नति आयोजना अलपत्र परेपछि नगरपालिकाले निर्माण कम्पनीलाई सात दिनभित्र लिखित कार्ययोजना र प्रतिबद्धतासहित उपस्थित हुन निर्देशन दिएको छ।
दोस्रो पटक थपिएको म्याद सकिँदासमेत आयोजनाको भौतिक प्रगति करिब ४९ प्रतिशत मात्रै पुगेपछि नगरपालिकाले निर्माण कम्पनीलाई चेतावनी दिएको हो। नगर प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयभित्र सन्तोषजनक योजना पेश नगरे कानुनबमोजिम ठेक्का सम्झौता रद्द वा जरिवानाको प्रक्रिया अघि बढाइने बताउनुभयो।
करिब १०.५५ किलोमिटर लामो यस सडक आयोजनाको लागत अनुमान ५२ करोड ७८ लाख रुपैयाँ रहेकोमा ४० करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० जेठमा सुरु भएको आयोजना पटक–पटक म्याद थपिँदा पनि अपेक्षित प्रगति हुन सकेको छैन।
सम्बन्धित खबर




प्रतिक्रिया