देवानगञ्ज घटनाबारे सर्वदलीय बैठक सुरु


काठमाडौ ।  सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन्।

देवानगञ्जको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा कायम गर्ने तथा द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल जारी गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।

२०८३ श्रावण १३, बुधबार ०८:५५ प्रकाशित
ट्रेन्डिङ समाचार