ADVERTISEMENT

धरौटीमा रिहा भए शेखर गोल्छा

काठमाडौं । व्यवसायी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका गोल्छालाई जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार