काठमाडौँ । धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजयकुमार यादवविरुद्ध १५ लाख ९ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वडाबासीको सेवाका लागि निःशुल्क प्राप्त एम्बुलेन्स निजी नियन्त्रणमा राखी भाडा उठाएर सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोपमा मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर जरिवाना र कैद सजायको माग गरेको जनाएको छ।
२०८३ श्रावण १२, मंगलवार १९:१५ प्रकाशित

