निजी क्षेत्रको मनोबल बढाउन सरकार सक्रिय : अर्थमन्त्री वाग्ले


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका समस्या समाधान र लगानीमैत्री वातावरण निर्माणका लागि सरकार उच्च प्राथमिकताका साथ सक्रिय रहेको बताएका छन्।

मंगलबार उद्योगी तथा व्यवसायीसँगको छलफलमा उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रका सवालमा गम्भीर रहेको र महत्वपूर्ण विषयमा निरन्तर अनुगमन गरिरहेको बताए।

अर्थमन्त्री वाग्लेले लगानीकर्ताको मनोबल नउठाई आर्थिक रूपान्तरण सम्भव नभएको उल्लेख गर्दै अर्थ मन्त्रालयमा निजी क्षेत्रका जायज मागको शीघ्र सम्बोधनका लागि ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने जानकारी दिए।

उनले बजेटमार्फत ४२ वटा ऐन संशोधन वा खारेजीको प्रक्रिया अघि बढाइएको पनि लगानीमैत्री वातावरण निर्माणकै उद्देश्यले भएको स्पष्ट पार्दै निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको बताए।

२०८३ श्रावण १२, मंगलवार १९:०७ प्रकाशित
ट्रेन्डिङ समाचार