काठमाडौं । दार्चुलाको चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनीले प्रवर्द्धन गरेको आयोजनाको वातावरणीय प्रक्रिया अघि बढेको छ भने विद्युत् खरिद–बिक्री सम्झौता र वित्तीय व्यवस्थापनसमेत पूरा भइसकेको छ।
करिब रु ६ अर्ब २३ करोड लागतको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
२०८३ श्रावण १२, मंगलवार १२:४१ प्रकाशित

