सुनसरीको कर्फ्यु हटाइयो


विराटनगर । सुनसरी जिल्लामा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले मंगलबार बिहान  ०९:१५ बजेदेखि कर्फ्यु हटाइएको जनाएको हो।

यसअघि देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन इनरुवा नगरपालिका–३ र ६ सहित कोशी ब्यारेज आसपासका क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो।

उक्त झडप नियन्त्रणका क्रममा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

 

२०८३ श्रावण १२, मंगलवार १०:१३ प्रकाशित
ट्रेन्डिङ समाचार