झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दै सेवा प्रवाहबाट रु २ करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ।
कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार दर्ता भएका उद्योगमध्ये ३०२ सेवामूलक, १४७ उत्पादनमूलक, १३३ कृषि तथा वनजन्य, ३ सूचना प्रविधिसम्बन्धी र १ ऊर्जामूलक उद्योग रहेका छन्।
संकलित राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट रु १ करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट रु ६५ हजार प्राप्त भएको कार्यालयले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया