काठमाडौं । काठमाडौं, पर्सा र मोरङमा प्रहरीले लागुऔषधविरुद्धको कारबाहीका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित सिन्धुपाल्चोकका २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजलका ५४ वर्षीय अम्बक तामाङ पक्राउ परेका छन्। उनीहरू सवार मोटरसाइकलबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित बगैंचामा बेवारिसे अवस्थामा राखिएको १४० किलो गाँजा प्रहरीले बरामद गरेको छ। गाँजा कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ।
यसैगरी मोरङको कानेपोखरी–२ देउलिया खोला नजिकबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बेलबारी नगरपालिका–११ का रणध्वज राई पक्राउ परेका छन्। तीनै घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
२०८३ श्रावण १०, आईतवार ०८:२९ प्रकाशित

