युवा आन्दोलनको दबाबमा झुक्यो भारत सरकार, शिक्षामन्त्रीले दिए राजीनामा


काठमाडौं । करिब एक महिनादेखि जारी युवा आन्दोलनको दबाबपछि भारत सरकारले पहिलोपटक ठूलो राजनीतिक निर्णय लिन बाध्य भएको छ। आन्दोलनकारीको प्रमुख मागमध्ये एक मानिएको शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएको बीबीसीले जनाएको छ।

कक्रोच जनता पार्टी र आन्दोलनरत युवाहरूले नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले पद छाड्नुपर्ने माग गर्दै लगातार प्रदर्शन गरिरहेका थिए। सोही दबाबबीच प्रधानले पदबाट राजीनामा दिएका हुन्।

नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थी र युवाहरूले मुख्यतः दिल्ली केन्द्रित आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा परीक्षाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा शिक्षा प्रणालीमा सुधारको मागसमेत उठाइएको छ।

शिक्षामन्त्रीको राजीनामालाई आन्दोलनको पहिलो ठूलो उपलब्धिका रूपमा हेरिएको छ भने यस घटनाले भारत सरकारमाथि आन्दोलनको दबाब कति बलियो थियो भन्ने स्पष्ट पारेको विश्लेषण गरिएको छ।

२०८३ श्रावण ९, शनिबार १६:२७ प्रकाशित
ट्रेन्डिङ समाचार