राष्ट्रिय स्वाधीनता संकटमा : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन्।

शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गरी देशको नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिष्ट आन्दोलनमा आएको चुनौतीको सामना तथा देशमा देखिएको निरंकुश प्रवृत्तिविरुद्ध पुनः संघर्ष गर्नुपर्ने समय आएको बताएका छन्।

२०८३ श्रावण ९, शनिबार १५:३४ प्रकाशित
ट्रेन्डिङ समाचार