धनगढी । २४औँ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।
अनसनको तेस्रो दिन डा. केसीको सुगरको मात्रा ५० मा झरेको र रक्तचाप पनि न्यून भएपछि स्वास्थ्यकर्मीले तत्काल अस्पतालमा राखेर उपचार गर्न सुझाव दिएका छन्। उनलाई केहीबेरमै धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिने तयारी भइरहेको सहयोगी डा. अमृत जैसीले जानकारी दिए।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसी धनगढीको कृष्ण मन्दिरमा आमरण अनसनमा बसेका छन्।
२०८३ श्रावण ९, शनिबार ११:०५ प्रकाशित

