सिरहा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
शुक्रबार बरामद गरिएका सामानमा मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक तथा एशियन पेन्ट्सलगायत रहेका छन्। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
गणपति एसपी सुमनजंग थापा मगरका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी तथा राजस्व छली नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई थप कडा बनाइएको छ। उनले सीमा सुरक्षा तथा अवैध आयात–निर्यात नियन्त्रणका अभियान निरन्तर सञ्चालन हुने बताए।
२०८३ श्रावण ९, शनिबार ०८:४६ प्रकाशित

