काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली रहने र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली, बागमती र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ श्रावण ९, शनिबार ०७:१३ प्रकाशित

