निर्यात उद्योगका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी उद्योग–व्यवसायका जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्यातजन्य उद्योगका प्रतिनिधिसँग भएको छलफलमा उहाँले अमेरिकी प्रमाणीकरण, क्वारेन्टिन, कच्चा पदार्थ निर्यात, भेडापालन, पश्मिना तथा डग च्यु उद्योगसँग सम्बन्धित समस्याको समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आवश्यक नीतिगत सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

२०८३ श्रावण ८, शुक्रबार २०:१३ प्रकाशित
ट्रेन्डिङ समाचार