बडीमालिकामा साउनभित्रै टेलिफोन र ४जी सेवा सञ्चालन हुने
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। टेलिकमले साउनभित्रै सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
टावर निर्माणका सामग्री धनगढीसम्म पुगिसकेको र नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी काम अघि बढाइने बताइएको छ। सरकारले दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने योजनाअन्तर्गत बडीमालिकासहित विभिन्न स्थानमा ४जी सेवा विस्तारलाई तीव्रता दिएको छ।