प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्रीको छलफल


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्।

छलफलमा प्लाइउड, गलैंचा, पश्मिना, कार्पेट तथा डग च्यु उद्योगका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे उद्योगी–व्यवसायीका सुझाव लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी वृद्धि गर्ने र निर्यात प्रवर्द्धनका विषयमा निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै आएका छन्।

२०८३ श्रावण ८, शुक्रबार ११:२३ प्रकाशित
ट्रेन्डिङ समाचार