उपत्यकामा ११५ शंकास्पद पक्राउ, १,०८३ चालक कारबाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये १०८ जना काठमाडौं र ७ जना ललितपुरका हुन्। साथै, २८ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने १,०८३ जना चालकलाई कारबाही गरिएको छ। तीव्र गति, रातो बत्ती उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, अव्यवस्थित पार्किङलगायतका कसुरमा कारबाही गरिएका चालकहरूमध्ये २३४ जनाले ट्राफिक सचेतना कक्षामा सहभागिता जनाएका छन्।

२०८३ श्रावण ८, शुक्रबार ११:१८ प्रकाशित
ट्रेन्डिङ समाचार