फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा प्राविधिक समस्या


काठमाडौं । मेटाअन्तर्गतका फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा बुधबार प्राविधिक समस्या देखिएको छ। नेपालसहित विभिन्न देशका प्रयोगकर्ताहरूले सन्देश पठाउन–प्राप्त गर्न, लगइन गर्न, न्युज फिड रिफ्रेस गर्न तथा एप लोड गर्न समस्या भएको बताएका छन्।

डाउनडिटेक्टरका अनुसार फेसबुक र म्यासेन्जरसम्बन्धी गुनासो एकाएक बढेको छ। यद्यपि, मेटाले समस्याको कारणबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। प्रारम्भिक रूपमा समस्या केही निश्चित क्षेत्रका प्रयोगकर्तामा बढी देखिएको बताइएको छ।

२०८३ श्रावण ६, बुधबार २०:३२ प्रकाशित
ट्रेन्डिङ समाचार