लोकतन्त्र नबुझ्नेहरू सत्तामा छन् : रामवरण यादव


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान शासन सत्तामा लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू रहेको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘चक्रप्रसाद बाँस्तोला : बौद्धिकता र विद्रोह’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अर्थमन्त्रीबाट संघीयता खारेज गर्नुपर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताए। संघीयताविरोधी धारणाले देशलाई पछाडि धकेल्ने र राणाकालीन सोच पुनः फर्काउने खतरा रहेको उनको भनाइ थियो।

यादवले अन्तर्राष्ट्रिय अनुभव र उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूबाटै संघीयताविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै संविधान र संघीय व्यवस्थाको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए।

२०८३ श्रावण ६, बुधबार १९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार