काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको घोषणा स्वागतयोग्य भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको घोषणा कानुनी प्रक्रिया पूरा गरी तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे। घिसिङले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगलाई निरुत्साहित गर्ने भन्दै उक्त व्यवस्था राष्ट्रिय ऊर्जा नीतिसँग मेल नखाने बताए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क कानुनी रूपमा तत्काल खारेज गर्न तथा विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया