गृहमन्त्रीले प्रयोग गरेको गाडी मिडिया हाउसअघि शंकास्पद रूपमा पार्क गरिएको दाबी


काठमाडौं ।

असार २९ गते कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी यसअघि चितवनमा भएको रास्वपाको महाधिवेशनका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रयोग गरेको दाबी सार्वजनिक भएको छ।

गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले उक्त गाडी महाधिवेशनका बेला गृहमन्त्रीले प्रयोग गरेको स्वीकार गरेका छन्। गाडी रास्वपा नेता रवि जयसवालको भएको पनि उल्लेख गरिएको छ।

घटनाबारे प्रधानमन्त्री कार्यालयका एक अधिकारीले गृह मन्त्रालयसँग सम्बद्ध व्यक्तिहरूको संलग्नता रहेको दाबी गरेका छन् भने रास्वपाका केही नेताले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्।

उक्त घटनाबारे आधिकारिक सरकारी छानबिन वा निष्कर्ष भने सार्वजनिक भइसकेको छैन।

२०८३ श्रावण ५, मंगलवार २०:२६ प्रकाशित
ट्रेन्डिङ समाचार