काठमाडौँ। ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा अब नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बोधन गरिने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तहमा सेवा प्रवाहमा हुने ढिलासुस्ती, ठेक्का तथा निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासाहरू ‘हेलो सरकार’ पोर्टल तथा अन्य सुनुवाइ पोर्टलमार्फत प्राप्त भइरहेकाले ती गुनासाको प्रभावकारी सम्बोधनका लागि मुख्यसचिवमार्फत आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ।
२०८३ श्रावण ५, मंगलवार १९:४९ प्रकाशित

