ADVERTISEMENT

प्रसाईंले बैंक ऋणको किस्ता नियमित तिर्दै, बीएन्डसीको असारसम्मको दायित्व चुक्ता

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफ्ना सार्वजनिक अभिव्यक्तिविपरीत बीएन्डसी मेडिकल कलेजको बैंक ऋण नियमित रूपमा तिरिरहेको बैंकहरूले बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उनले ७ पटकमा साढे १२ करोड रुपैयाँभन्दा बढी साँवा–ब्याज भुक्तानी गरेका छन्।

बैंकका अनुसार कर्जा पुनर्संरचनापछि बीएन्डसीले नियमित किस्ता तिर्दै आएको छ। प्रसाईंले हालसम्म ८७ करोड रुपैयाँ ब्याज तिरेको र मेडिकल कलेज सञ्चालनमा आएपछि आम्दानी बढेकाले ऋण भुक्तानी नियमित भएको बताएका छन्। बैंकहरूको भनाइमा बीएन्डसीको कर्जा भुक्तानीमा सुधार आएपछि कम्पनीको वित्तीय अवस्था पनि क्रमशः सुदृढ बन्दै गएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार