ADVERTISEMENT

ठेक्का दिलाइदिएबापत श्रीमतीको नाममा १ करोड ७१ लाखको जग्गा घुस लिएको अभियोगमा पूर्व महानिर्देशक अधिकारीविरुद्ध मुद्दा

अख्तियारद्वारा घुससँगै सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा अभियोग, निर्माण व्यवसायी पनि प्रतिवादी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकारीविरुद्ध ठेक्का व्यवस्थापनमा अनियमितता गर्दै निर्माण व्यवसायीसँग घुसस्वरूप श्रीमतीको नाममा १ करोड ७१ लाख रुपैयाँ बराबरको जग्गा लिएको अभियोगसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार अधिकारीले गायत्री निर्माण सेवाका सञ्चालक प्रेमप्रकाश ढकाललाई ठेक्का दिलाइदिएबापत उक्त मूल्य बराबरको जग्गा श्रीमतीको नाममा लिएका थिए। यही आधारमा अधिकारीमाथि घुस लिएको तथा अवैध सम्पत्तिलाई वैध देखाउने प्रयास गरेको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत लगाइएको छ।

यस प्रकरणमा निर्माण व्यवसायी प्रेमप्रकाश ढकाललाई पनि प्रतिवादी बनाउँदै अख्तियारले घुस र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा मुद्दा दायर गरेको छ। अब उक्त मुद्दाको सुनुवाइ विशेष अदालतमा हुनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार