काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिक मंगलबार गुडिरहेको बा ५ च ३०३८ नम्बरको किया कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
चालक सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र मृत फेला परेका छन् भने उनको सनाखत हुन बाँकी छ। स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८३ श्रावण ५, मंगलवार १२:५८ प्रकाशित

