ADVERTISEMENT

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आग्रह

काठमाडौँ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन ४ गते अन्तिम पटक सूचना प्रकाशित गर्दै तोकिएका स्थानीय तहका लक्षित वर्गलाई ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न आग्रह गरेको हो।

सूचनाअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका तोकिएका स्थानीय तहका लाभग्राहीले सरकारले तोकेको ढाँचामा फाराम भरी आफू बसोबास गरिरहेको वडामा खटिएका लगत संकलकमार्फत निवेदन दिनुपर्नेछ। समितिले केही स्थानीय तहका लागि यो अन्तिम अवसर भएकाले समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार