काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी पहाडी भूभागका धेरै स्थान र केही तराई क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया