ADVERTISEMENT

सप्तकोसीमा वर्षकै उच्च बहाव, २९ ढोका खोलियो

काठमाडौं   । पहाडी क्षेत्रमा निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। आइतबार बेलुका ६ बजेसम्म कोसी ब्यारेजमा २ लाख १५ हजार १३५ क्युसेक प्रतिसेकेन्ड बहाव मापन गरिएको छ, जुन यस वर्षको वर्षायामकै उच्च हो। जलसतह बढेसँगै ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खोलिएको छ।

प्रशासनका अनुसार हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति वा जोखिम देखिएको छैन भने नदीको बहाव अझ बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार