गौर भन्सारले लक्ष्यभन्दा ४१.१४% बढी राजस्व उठायो


काठमाडौँ । रौतहटस्थित जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले रु ३३ करोड २९ लाखको लक्ष्यविरुद्ध रु ४६ करोड ९९ लाख राजस्व उठाउँदै करिब रु १३ करोड ७० लाख बढी सङ्कलन गरेको हो।

कार्यालय प्रमुख विकासकुमार रजकका अनुसार प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि तथा सक्रिय अनुगमनका कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सम्भव भएको हो।

राजस्व सङ्कलनसँगै गौर भन्सारले चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ। आर्थिक वर्षभरि भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सयौं मुद्दा दर्ता गर्दै करोडौं रुपैयाँ बराबरका अवैध मालवस्तु नियन्त्रणमा लिएका छन्। साथै जफत गरिएका मालवस्तु र सवारी साधन लिलाम बिक्रीबाट पनि थप राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ।

२०८३ श्रावण ३, आईतवार ११:४८ प्रकाशित
ट्रेन्डिङ समाचार