ADVERTISEMENT

मुग्लिन–नारायणगढ सडकमा बस दुर्घटना, २५ भन्दा बढी घाइते

काठमाडौं  ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा बस ट्रकसँग ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। सर्लाहीबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटनामा परेका हुन्।

घाइतेहरूको उद्धार तथा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार