काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेको छ। सम्भावित विपद्लाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया