चिकित्सकद्वारा श्रम अधिकारको माग गर्दै विरोध प्रदर्शन


काठमाडौं । विभिन्न अस्पतालमा कार्यरत इन्टर्न, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले श्रम अधिकारको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

चिकित्सकहरूले आफूहरूलाई अत्यधिक समय काममा खटाइएको भन्दै ड्युटी समय व्यवस्थापन, अतिरिक्त समयको भत्ता र साप्ताहिक बिदाको व्यवस्था गर्न माग गरेका छन्।

उनीहरूले श्रम ऐन, २०७४ अनुसार कामको समय निर्धारण गर्नुपर्ने, ४८ घण्टाभन्दा बढी काम गराएमा ओभरटाइम भत्ता दिनुपर्ने तथा आवासीय चिकित्सकको तलब वृद्धि कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।

त्यस्तै, एमबीबीएस र बीडीएसपछि उच्च अध्ययनका लागि लागू गरिएको एक वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान हटाउनुपर्ने मागसमेत चिकित्सकहरूको छ।

२०८३ श्रावण २, शनिबार १६:३३ प्रकाशित
ट्रेन्डिङ समाचार