अत्यावश्यक औषधिको मूल्य समायोजन प्रक्रिया सुरु


काठमाडौं  । सरकारले बजारमा पटक–पटक देखिने अत्यावश्यक औषधिको अभाव हटाउन औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। औषधि व्यवस्था विभागको मूल्य अनुगमन समितिले उत्पादन तथा आयात लागतका आधारमा मूल्य पुनरावलोकन गर्ने निर्णय गरेको हो।

प्रस्ताव औषधि परामर्श परिषद् हुँदै मन्त्रिपरिषद्को स्वीकृतिपछि लागू हुनेछ। विभागले जीवनरक्षक तथा क्यान्सर उपचारमा प्रयोग हुने औषधिलाई प्राथमिकतामा राख्दै वैज्ञानिक र लागतअनुसार मूल्य निर्धारण गर्ने तयारी गरेको जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार