काठमाडौं । थकाली (सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग प्रा. लि.) ले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. १५ लाख १ हजार नगद सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नुका साथै विपद् प्रभावित समुदायका लागि २,१०० केजी थकाली चामलसमेत सहयोग गरेको जनाएको छ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद्को कठिन समयमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउन तथा राहत कार्यमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।
सम्बन्धित खबर
