काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन्।
१३ उपसमूहमध्ये ९ उपसमूहको सूचक बढ्दा ४ उपसमूह घटेका छन्। आज १४५ कम्पनीको सेयर मूल्य बढेको, १२३ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
विन नेपाल लघुवित्त, चिर्खवा हाइड्रोपावर र आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन्।
सम्बन्धित खबर
