ADVERTISEMENT

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

 

भ्रमणका क्रममा सचिव राई र मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन्।

 

दुईदिने भ्रमण सम्पन्न गरी उनी कात्तिक १९ गते नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार