भोटेकोशी बाढीपीडितलाई तिलगंगा आँखा प्रतिष्ठानको १ करोड ३१ लाख सहयोग


काठमाडौं ।  भोटेकोशी बाढी प्रभावितका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले कुल १ करोड ३१ लाख ३३ हजार ५५२ रुपैयाँ सहयोग गरेको छ।

प्रतिष्ठानले १६ भदौमा अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख १ रुपैयाँ जम्मा गरेको हो। यस्तै, प्रतिष्ठानका कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबाट ८ लाख ५१ हजार ३५१ रुपैयाँ र अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाबाट २१ लाख ८१ हजार २०० रुपैयाँ कोषमा जम्मा गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

प्रतिष्ठानले विपद्को कठिन घडीमा प्रभावित समुदायको पुनःस्थापनाका लागि सबैलाई एकजुट भई सक्दो सहयोग गर्न आग्रह गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार