कृष्णभिरमा पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम तीव्र पारिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको छ।

रुख कटान सम्पन्न भएलगत्तै निर्माण उपकरण परिचालन गरेर पहिरो पन्छाउने काम अघि बढाइने मन्त्रालयले जनाएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा भइरहेको मन्त्रालयको दाबी छ।

कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति श्रृङ्खला प्रभावित भएको छ भने यात्रुहरूले आवतजावतमा सास्ती खेपिरहेका छन्। सडक अवरुद्धको फाइदा उठाउँदै बजारमा कृत्रिम अभावसमेत सिर्जना हुन थालेको बताइएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार