सरकार–राष्ट्र बैंक समन्वय आवश्यक : अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले केन्द्रीय बैंकको स्वायत्तता कायम राख्दै आर्थिक लक्ष्य हासिल गर्न सरकार र नेपाल राष्ट्र बैंकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले वित्त नीति र मौद्रिक नीति एकअर्काका परिपूरक भएको उल्लेख गर्दै अर्थसचिवको बोर्डमा उपस्थितिले सरकार र राष्ट्र बैंकबीच समन्वयको भूमिका निर्वाह गर्ने बताए।

उनले बदलिँदो आर्थिक तथा प्रविधिगत परिवेश, विशेषगरी डिजिटल मुद्राको अवधारणालाई सम्बोधन गर्न ऐन संशोधन आवश्यक भएको बताए। साथै, विधेयकको उद्देश्य राष्ट्र बैंकको संरचना, पदाधिकारीको योग्यता र सरकारसँगको सम्बन्धलाई समयानुकूल बनाउनु रहेको स्पष्ट पारे।

२०८३ श्रावण १, शुक्रबार २०:२५ प्रकाशित
ट्रेन्डिङ समाचार