काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको उत्पादन, बजारीकरण र निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीसँगको छलफलमा उनले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र उद्योग प्रवर्द्धनका लागि सीपमूलक तालिम, निजी क्षेत्रलाई प्रोत्साहन तथा कच्चा पदार्थ आयातको प्रभावकारी अनुगमन गरिने बताए।
छलफलमा व्यवसायीहरूले अवैध चोरीपैठारी नियन्त्रण, गुणस्तरहीन आयातित जुत्ता–चप्पलमा रोक, अनिवार्य गुणस्तर परीक्षण तथा उद्योगमैत्री नीतिको माग गरेका थिए। प्रधानमन्त्रीले स्वदेशी उद्योगको विकासका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन्।
२०८३ श्रावण १, शुक्रबार १९:२९ प्रकाशित



