प्रदेश सरकार फेरबदल उचित होइन : योगेश भट्टराई


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदल गर्नु उचित नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो कदमले अस्थिरता र सत्ता लोलुपता झल्काउने टिप्पणी गरेका छन्।

भट्टराईले प्रदेश सरकार परिवर्तनको प्रयास किन, कसले र केका लागि भइरहेको हो भन्ने विषयमा खोजबिन हुनुपर्ने बताएका छन्। साथै, यस्ता निर्णय पार्टीको सामूहिक छलफल र निष्कर्षका आधारमा हुनुपर्ने उल्लेख गर्दै अहिलेको तयारीले पुराना दल र नेतृत्वप्रति जनस्तरमा रहेको नकारात्मक धारणा झन् बलियो बनाइरहेको बताएका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार