काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता जारी छ।
सिमरामा भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी गरिएको हो। सरकारी टोलीको नेतृत्व सचिव पुष्कर सापकोटाले गरिरहेका छन् भने पीडित पक्षको संयोजन अवधेश कुसवाहले गरेका छन्।