अधिनायकवादी सोच र भ्रष्टाचार अन्त्य गर्न आङ्देम्बेको आग्रह
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्रविरोधी प्रवृत्ति, अधिनायकवादी सोच, दमन, अन्याय र भ्रष्टाचारलाई नेपाली राजनीतिबाट सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।
साउने संक्रान्ति तथा लिम्बू समुदायको सिसेःक्पा तङ्नाम पर्वको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको केन्द्रमा जनता हुनुपर्ने र संविधान, विधिको शासन, सामाजिक न्याय तथा समृद्ध नेपालको निर्माणमा सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।
साथै, उनले यस्ता पर्वले प्रकृतिप्रतिको सम्मान, श्रमको मूल्य, सहअस्तित्व र समृद्धिको सन्देश दिने उल्लेख गरेका छन्।