धादिङको धुनिबेशी–८ मा मल वितरण विवाद, किसानद्वारा छानबिनको माग


काठमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–८ मा रासायनिक मल वितरणमा अनियमितता भएको आरोप लगाउँदै स्थानीय किसानहरूले विरोध जनाएका छन्। वडा कार्यालयले १३३ बोरा युरिया र २५ बोरा डीएपी वितरण गर्ने जानकारी दिए पनि धेरै वास्तविक किसान मलबाट वञ्चित भएको उनीहरूको गुनासो छ।

किसानहरूले वितरण प्रक्रिया पारदर्शी बनाउन, वास्तविक कृषकलाई प्राथमिकता दिन र घटनाको निष्पक्ष छानबिन गरी वितरणको सम्पूर्ण विवरण सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यस विषयमा वडा कार्यालयको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार